पीएसजी र नसरबीचको मैत्रीपूर्णमा मेस्सी र रोनाल्डोको गोल

पीएसजी र नसरबीचको मैत्रीपूर्णमा मेस्सी र रोनाल्डोको गोल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मैत्रीपूर्ण क्लब फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साउदीको अल नसरलाई हराएको हो ।

रियादमा बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५-४ गोल अन्तरले हराएको हो ।यस खेलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्तको रुपमा हेरिएको थियो ।मेस्सीले पीएसजी छन् भने रोनाल्डोले यसै खेलबाट नसरमा डेब्यु गरे ।खेलको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै नसरलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ३९ औं मिनेटमा जुवान बर्नेटले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नसरलाई २-२ को बराबरीमा ल्याए ।खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३-२ ले अघि रह्यो ।

५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै नसरलाई ३-३ को बराबरीमा ल्याए ।६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४-३ को स्थितिमा ल्याए ।खेलको ७८ औं मिनेटमा ह्युगो इकिटिकेले गोल गर्दा पीएसजी ५-३ ले अघि रह्यो ।त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि घरेलु तोलु ५-४ ले पराजित भयो ।