इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवारमा बनाउने रास्वपाको निर्णय

इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवारमा बनाउने रास्वपाको निर्णय

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।

शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ । झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ ।

उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।

उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ । शुक्रबार उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।