प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने

प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित हुनुभएको छ । उहाँले १६६ मत ल्याएर निर्वाचित हुनुभएको सभामुख घिमिरेले जानकारी दिनुभयो । यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ ।