सभामुख देवराज घिमिरेसँग भारतीय राजदूत नवीन श्रीवास्तवको भेट

सभामुख देवराज घिमिरेसँग भारतीय राजदूत नवीन श्रीवास्तवको भेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भेटवार्ता भएको हो।भेटवार्तामा उहाँहरुबीच दुई देशको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सो अवसरमा सभामुखलाई बधाइ ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।