साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने ठेक्का अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको तस्विरसहित संसद्मा आवाज उठाउन सांसद खतिवडालाई उपाध्यक्ष थापाको आग्रह

साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने ठेक्का अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको तस्विरसहित संसद्मा आवाज उठाउन सांसद खतिवडालाई उपाध्यक्ष थापाको आग्रह

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले जिल्लाको साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने ठेक्का लागेको ६ वर्षसम्म कुनै काम नगरी अलपत्र पार्ने ठेकेदारको विरुद्धमा कडा टिप्पणी गरेकी छिन् । उनले सो सडक बनाउने ठेक्का पाएका पुर्णबहादुर तामाङ (कान्छाराम)को फोटोसहित संसदमा कुरा उठाउन ओखलढुंगाका सांसद रामहरी खतिवडालाई आग्रह गरेकी छिन् ।

लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा आज (सोमबार) आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्तो आग्रह गरेकी हुन् । उनले ओखलढुंगाको विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा आवाज उठाइदिन आग्रह गरेकी हुन् ।

सम्बोधनको क्रममा उनले भनिन्–‘यत्रो वर्षसम्म यो सडकको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायी प्रतिनिधि पनि संघीय संसदमा हुनुहुन्छ भन्ने सुनेको छौं । ओखलढुंगाको विकास अलपत्र पार्ने,सडयक अलपत्र पार्ने माननीयज्यूको फोटो निकालेर संसदमा आवाज उठाइदिनुस् ।’

२०७३ सालमा सो सडक कालोपत्रेका लागि कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पारेको थियो । विभिन्न समस्या देखाउँदै सो कम्पनीले अहिलेसम्म पनि कालोपत्रे सुरु गरेको छैन । कम्पनीका मालिक कान्छाराम तामाङ रामेछापबाट सांसद निर्वाचित भइसकेका छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।