सबै धर्म सस्कृतिको जर्गेना प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री कार्की

सबै धर्म सस्कृतिको जर्गेना प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री कार्की

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोवास गर्ने सबै भाषाभाषी र धर्म सस्कृतिको जर्गेना गर्नका लागि प्रदेश सरकारले चाँडै प्रदेशमा आदिवासी संग्राहलय बनाउन लागेको बताउनुभएको छ।

शनिबार झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजित संन्थाल भाषीको दुई दिवशीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुदै मुख्यमन्त्री कार्कीले आफू अघिल्लो सरकारमा रहँदासमेत यस कार्यक्रमलाई अगाडि बढाइसकेको बताउनुभयो।

आगामी यसै वर्षको बजेटबाट कामको थालनी हुने उहाँको भनाइ छ। नेपालमा एक लाखको सङ्ख्यामा रहेका सन्थालीभाषीको समस्याकाबारेमा सरकार जानकार रहेको भन्दै सन्थाल भाषा संस्कृतिको जर्गेनामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो।

सन्थाली भाषी देशका सबैभन्दा पुराना आदिवासी जनजाति रहेको भन्दै छिमेकी देश भारतमा प्रमुख पदमा समेत सन्थाली नागरिक पुग्नुले यहाँका नेपाली सन्थालीलाई समेत यस्ता पदमा पुग्नका लागि हौसला मिलेको उहाँले बताउनुभयो।

सन्थाली भाषीको भाषा र लिपिका लागि स्कुल कलेज खोल्न र भाषा लिपिको संरक्षणका लागि प्रदेश सरकार सहयोगका लागि तत्पर रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशका जुनसुक्कै भाषा संस्कृतिको संरक्षणका लागि भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले सन्थाल भाषा सस्कृतिको संरक्षणमा प्रदेश सरकार लागि पर्ने बताउनुभयो। देशको विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा सन्थाल भाषीले महत्वपूर्ण भूमिका खेलेको भन्दै हाल आएर यो जाति राजनीतिकको मुल प्रवाहमा छुट्टिरहेको भन्दै सन्थाली जातिको शिक्षामा राज्यले सहयोग गर्ने बताउनुभयो।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका झापा, मोरङ, सुनसरीका साथै भारत र बंगलादेशका अग्रज सन्थाली भाषीको सहभागिता रहेको छ। सम्मेलनबाट सन्थाली भाषा लिपिका कार्यपत्र प्रस्तुत भएर झापा घोषणापत्र जारी गर्ने नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष सुन्दर बेस्राले जानकारी दिनुभयो।