रामकृष्ण र अञ्जुको ‘जिम्बु झानेर’


काठमाडौँ । गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो गायक ढकालको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर भएको हो ।

गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषले सङ्गीत दिनुभएको छ । अभिनेता आकाश श्रेष्ठ र मोडल गृष्मा तामाङको अभिनय रहेको भिडियोको निर्देशन दीपा शाक्यले गर्नुभएको छ । गीतको भिडियोका छायाकार उत्तम हुमागाईं हुनुहुन्छ भने सम्पादन अमृत चापागाईंले गर्नुभएको हो । भिडियोको छायाङ्कन कास्की जिल्लाको घान्द्रुक र पोखरामा भएको हो ।

प्रतिक्रिया दिनुहोस