आईसीसी विश्वकप क्रिकेट लिग टू : नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७५ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।

उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।पीकीं या फ्रान्सले ४९ रन बनाए ।

लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।करण केसीले १ विकेट लिए ।

मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो ।नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस