यू–१९ क्रिकेट टोलीको बिदाइ

यू–१९ क्रिकेट टोलीको बिदाइ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा बिहीबारदेखि सुरु हुने आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा सहभागी हुने नेपाली युवा क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार (आज) खेलाडीको बिदाइ गरेको हो ।

नेपालले देव खनालको कप्तानीमा विश्वकप छनोट खेल खेल्नेछ । यसअघि क्यानले गुलशन झालाई कप्तान बनाएको थियो । तर झा अहिले आइसिसी विश्वकप लिग–२ खेल्न सिनियर टोलीमा रहनुभएकोले प्रशिक्षक जगत् टमटाले खनाललाई कप्तानको जिम्मेवारी दिनुभएको हो ।

झाको स्थानमा आकाश चन्दलाई मौका दिइएको छ । नेपाली टोली आजै युएई जानेछ । फेब्रुअरी २४ देखि मार्च २ तारिखसम्म सञ्चालन हुने छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

छनोट खेलको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकप खेल्ने मौका पाउनेछ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका पदाधिकारी लगायतले बिदाइ गर्नुभयो ।

नेपाली टोली

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क), दीपक बोहरा (ख), उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र आकाश चन्द ।