राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुखले अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) बैठकबारे जानकारी गराउनुभएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभएको छ ।

सभामुख घिमिरे आईपीयूको १४६ औँ बैठकमा ९ सदस्यीय टोलीको नेतृत्व गर्दै आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै हुनुहुन्छ ।

आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ।