खल्ती विराट गोल्डकपको टिकेटिङ पार्टनर


काठमाडौं । विराटनगरमा आयोजना हुने विराट गोल्डकपसँग खल्ती एप जोडिएको छ ।

टिकेटिङ पार्टनरको रुपमा खल्ती विराट गोल्डकपसँग जोडिएको हो ।आयोजक विराट गोल्डकप ट्रस्ट र खल्ती एपबीच सम्झौता भएको हो । सम्झौता अनुसार खल्तीबाट टिकट विक्री हुनेछ ।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालमा आयोजना हुँदैछ ।उक्त प्रतियोगिताको तयारी तीब्र पारिएका बेला खल्ती पनि गोल्डकपसँग जोडिएको हो ।

दुवै पक्षको सहमति अनुसार सम्झौता रकम भने खुलाईएको छैन । प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै साढे २ करोड लाग्ने अनुमान गरिएको छ ।अबको केही दिनमै प्रतियोगिताको स्पोन्सर (प्रयोजक) सार्वजनिक गर्ने तयारी भइरहेको इभेन्ट म्यानेजर सरोज लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस