शहीद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटोको विजयी सुरुवात


काठमाडौं । सातदोबाटो यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले हरायो ।

सातदोवाटोको जितमा दुवै गोल दीपकराज ठकुरीले गर्नुभयो । एनआरटीका निकोलस सङले गोल गर्नुभयो । दीपकले ४५औँ मिनेटमा गोल गर्दै सातदोवाटोको उत्साह जगाउनुभयो ।

त्यसपछि एनआरटीका निकोलसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । ८४औँ मिनेटमा दीपकराजले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई जिताउनुभयो । जितसँगै सातदोबाटोले तीन अङ्क बनाएको छ । एनआरटीले हारबाट सिजनको सुरुवात गरेको छ ।

यसैगरी दशरथ रङ्गशालामा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

आर्मीमाथि लगातार गोलको अवसर बनाए पनि सङ्कटाले सदुपयोग गर्न सकेन । आर्मीले पनि राम्रा मौका गुमाएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।gorkhapatra

प्रतिक्रिया दिनुहोस