करातेमा नेपाललाई दुई स्वर्ण


काठमाडौं । नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई स्वर्ण र दुई रजत पदक जितेको छ । श्रीलङ्काको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका लागि नौ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जित्नुभयो ।

पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित हुनुभयो । प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासहित पाँच देशको सहभागिता रहेको थियो ।

नेपाली कराते टोलीको नेतृत्व नेपाल कराते महासङ्घ महासचिव एवम् दक्षिण एसियाली वादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले गर्नुभएको थियो । नेपाली टोलीको व्यवस्थापकमा जेनिश पन्थी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस