रमेशको शब्द, राजु लामाको स्वरमा रहेको ‘नौडाँडा पारी २’ सार्वजनिक ( भिडियो )

रमेशको शब्द, राजु लामाको स्वरमा रहेको ‘नौडाँडा पारी २’ सार्वजनिक ( भिडियो )

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा स्वरमा सजिएको ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक सेलो बिटको मिश्रण रहेको यस गीतलाई हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्।

टाढा रहेका २ प्रेमीहरुको सम्झना र कल्पनालाई समेटिएको यस यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।

भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले सबै दर्शक स्रोतालाई भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छ।