रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको रेमिटेलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सक्ने भएका छन् । यो सुविधाले ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको हो ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।