मार्क इन्टरनेशनल किड्नी सेन्टरले चौथो वार्षिकोत्सवमा वाकाथनदेखि निःशुल्क परीक्षणसम्म गर्ने

मार्क इन्टरनेशनल किड्नी सेन्टरले चौथो वार्षिकोत्सवमा वाकाथनदेखि निःशुल्क परीक्षणसम्म गर्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मार्क इन्टरनेशनल किड्नी सेन्टरले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । सेन्टरले भोलि फागुन २५ गतेदेखि फागुन २७ गतेसम्म विभिन्न कार्यक्रम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाउने भएको हो ।

आज (बुधबार) सेन्टरको तर्फबाट अध्यक्ष डा. अर्चन शम्शेर राणाले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार सेन्टरले ‘स्वस्थ मृगौला स्वस्थ जीवन अभियान’ सञ्चालन गर्दै आएको छ । सेन्टरले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको लागि आजसम्म धेरै कदम चालेको पनि जनाएको छ ।

सेन्टरका अध्यक्ष राणाले भने–‘मिर्गौला स्वस्थ राख्न अपनाउने पर्ने जीवनशैलीलाई सहज गराउन यो संस्था आफ्नो सुविधाका साथ सधैं तत्पर रहँदै आएको छ । नेपाली समाजमा मृगौला रोगका साथै अन्य रोगहरुको पहिचान एवं रोकथाम सहज तरिकाले गराउनको लागि आवश्यक कदम चलाउँदै आएको छ ।’

आफ्नो स्थापना कालको चौथो वर्षमा प्रवेश गरेको संस्थाले आफ्नो चौथो वार्षिकोत्सव एवं विश्व मिर्गौला दिवस–२०२३ को अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने सेन्टरले जनाएको छ । जसअनुसार फागुन २५ गते (बिहीबार) विहान ७ बजे दरबारमार्गमा वाकाथन गर्ने भएको छ । त्यस्तै, फागुन २५ र २६ गते सेन्टरमै नःशुल्क मिर्गौला परिक्षण शिविरको आयोजना गरिएको छ । उक्त परिक्षण शिविर विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म चल्नेछ ।

यस्तै, फागुन २७ गते निःशुल्क वृहत्त स्वास्थ्य परिक्षण शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको राणाको भनाई छ । उक्त कार्यक्रम भने बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म नारायण चौर, नक्सालमा चल्नेछ ।