केन्टका तीन मोडेल नेपाली बजारमा

केन्टका तीन मोडेल नेपाली बजारमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । जसअनुसार केन्ट पर्ल स्टारमा पारदर्शी छुट्याउन मिल्ने ट्यांकी, वाल माउन्टेबल आरओ प्युरिफायर शुद्धता, प्रदर्शनको डिजिटल डिस्प्ले लगायतका विशेषता रहेको छ ।

जसले आरओ प्लस, युभी प्लस, युएफ प्लस, टिडीएस नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाद्वारा पानीलाई शतप्रतिशत शुद्ध बनाउन प्रयोग गर्ने कम्पनीको भनाइ छ । केन्ट पर्ल स्टारको मूल्य ४९ हजार ९९० रुपैयाँ रहेको छ । यस्तै केन्ट क्रिस्टल स्टारमा अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनलगायतको विशेषता रहेको छ ।

केन्ट क्रिस्टल स्टारको बजार मूल्य ४८ हजार ९९० रुपैयाँ रहेको बताइएको छ । यस्तै केन्ट क्रिस्टल प्लसमा आरओ प्लस, युभी प्लस, युएफ प्लस, टिडीएस कन्ट्रोल प्लस ट्यांकीमा युभी लाइटले पानीलाई शतप्रतिशत पुर्‍याउन स्टाइलिश डिजाइन गरिएको बताइएको छ ।

सो अत्याधुनिक प्युरिफायरले हरेक पटक शतप्रतिशत शुद्ध पानी प्राप्त गर्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । केन्ट क्रिस्टल प्लसको बजारको मूल्य ३५ हजार ९९० रुपैयाँ रहेको छ । केन्ट आरओ प्युरिफायरलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ । केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।