सभामुख घिमिरेद्वारा बहराइनका सभामुखसँग शिष्टाचार भेट

सभामुख घिमिरेद्वारा बहराइनका सभामुखसँग शिष्टाचार भेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बहराइन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गर्नुभएको छ।

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु)को १४६ औँ महासभामा भाग लिन मनामामा रहनुभएका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गर्नुभएको हो।

सभामुख घिमिरेले आईपीयुको १४६ औँ महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिनुभयो।

उहाँले नेपाली नागरिकलाई विभिन्न पेसामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। ‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उहाँको भनाइ थियो।

सभामुख घिमिरेले नेपाल–बहराइन सीधा उडान हवाई उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराउनुभएको सभामुखको निजी सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इसा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिनुभएको छ।

जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीले इमानदारीपूर्वक काम गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो। उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिनुभएको थियो।