कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। बैठकमा उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।