चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक

चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँ अभिनीत चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक गरिएको छ ।

लभस्टोरी, थ्रिलर र कमेडी जनराको चलचित्रमा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि चलचित्रमा बालकलाकारको भूमिकामा देखिनुभएको छ । रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र बीना कार्की र सन्तोषकुमार राईले निर्माण गर्नुभएको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सहनिर्माता सुदीप पौडेल हुनुहुन्छ ।