नेपाल टेलिकमको नयाँ अफर : ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’

नेपाल टेलिकमको नयाँ अफर : ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ ल्याएको छ।

अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा ३० दिनका लागि नेपाल टेलिकमको नेटर्वकमा अनलिमिटेड कल गर्न पाउनेछन्।

यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पनि पाउनेछन्। यस अफरमा एक सय पचासवटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यही योजनामा प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटासमेत प्रयोग गर्न सक्नेछन्। यो डाटा सकिएमा ६४ केबीपीएस गतिको इन्टरनेट चलाउन पाइने छ।