ईसेवाबाट बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्न जाने मौका

ईसेवाबाट बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्न जाने मौका

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ईसेवाका ग्राहकले आफ्नो ईसेवा अकाउन्टमार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

बैंक ट्रान्सफर गर्दा डबल क्याशब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीकाे भनाइ छ । यस अफरमा ईसेवामार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्सफर गर्दा सहभागी हुन पाइने छ ।

चैत ३० गतेसम्म यो अफर सञ्चालन हुनेछ । योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्ने बताइएकाे छ ।