‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक


काठमाडौं। चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनीत फिल्म ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ गीत सार्वजनिक गरिएको हो ।

गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको सङ्गीत र विषय आचार्यको एरेन्ज छ ।

गीतकाे बारेमा सङ्गीतकार सापकोटाले भन्नुहुन्छ, “यो एउटा अप्रत्याशित तवरले बनाइएको गीत हो । यो गीत दर्शक श्रोताकालागि माया भावसँगैको बहावसँग वियोगान्तसम्म पुर्याउछ भन्ने लागेको छ ।”

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु जिज्ञासा, विचार अनि यथार्थको कथामा आधारित छ ।

यस्तै, फिल्मका निर्माता श्रीधर पौडेल हुनुहुन्छ । उहाँले यसअघि फिल्म ‘गोपी’ निर्माण गर्नुभएको हो । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अलि, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

प्रतिक्रिया दिनुहोस