पहिचानका आधारमा प्रदेशको नामाकरण माग


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस