मन्त्रिपरिषद् बैठक : पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय

मन्त्रिपरिषद् बैठक : पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोशी प्रदेशको नामाकरणको विरोधको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ् ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको थियो । कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।