ईन्डियन प्रिमियर लिग : कोलकत्तासँग बेंग्लोर पराजित


काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो ।जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याएको बेंगलोर १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रन मात्र बनायो ।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । यस्तै, विराट कोहलीले २१, डेबिड बिल्लीले अविजित २०, माईकल ब्रेसवेलले १९ तथा आकाश दिपले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।कोलकत्ताका वरुण चक्रवर्तीले ४, सुयश शर्मा ३, सुनिल नारेन २ तथा शार्दुल ठाकुरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।कोलकत्ताका लागि शार्दुल ठाकुरले ६८, रहमानुल्लाह गुर्वाजले ५७ तथा रिंकु सिंहले ४६ रन बनाए ।बेंग्लोरका लागि डेबिड बिल्ली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस