गण्डकी प्रदेशमामा ३ दिनभित्र सरकार गठन गर्न आह्वान


पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि १४ वैशाख अपरान्ह ४ बजेसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागिे आह्वान गरेका हुन् । उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस