सार्वजनिक ठाउँ खुल्ला राखौं,अफ्ठ्याराहरुमा पछुताउनु नपरोस् : बालेन शाह


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषय तयारीमा जुट्न सबैलाई अपील गरेका छन् ।

भूकम्प गएको ८ वर्षमा पुराना कुरा सम्झेर अझै पनि तयारीमा जुट्न नसकेको भन्दै मेयर साहले दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नुपर्ने बताएका हुन् ।

उनले भूकम्प गएको ८ वर्ष भएको सन्दर्भमा सामाजिक सञ्जालमा लेखेका छन्,‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभुकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका बिषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरु सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो ।

अव्यवस्थित कुराहरु सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरु खुल्ला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरुमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ ।

काठमाण्डौ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस