आईपीएल : सनराईजर्स हैदराबादलाई ७ रनले हराउँदै दिल्लीको दोस्रो जित


काठमाडौं । दिल्ली क्यापिटल्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ रनले हराउँदै दिल्लीले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै बनायो ।

हैदराबादका लागि मंयक अग्रवालले ४९, हेनरिक केल्सनले ३१, वासिंटन सुन्दरले अविजित २४ तथा राहुल त्रिपाटीले १५ रन बनाए ।दिल्लीका लागि एनरिच नोर्किया र अक्षर पटेलले समान २/२ तथा ईशान्त शर्मा र कुलदिप यादवले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।दिल्लीका लागि मनिष पान्डेले ३४, अक्षर पटेलले ३४, मिचेल मार्शले २५ तथा कप्तान डेबिड वार्नर २१ रन बनाए ।

हैदराबादका लागि वासिंटन सुन्दरले ३, भुवनेश्वर कुमारले २ तथा टि नटराजनले १ विकेट लिए ।दिल्ली ७ खेलमा २ मा जित र ५ मा हारसहित पुछारमा छ । हैदराबाद ७ खेलमा २ मा जित र ५ मा हारसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस