२०२७ को महिला फिफा विश्वकप आयोजनाका लागि चार दाबी राष्ट्रको दाबी


काठमाडौं । सन् २०२७ मा आयोजना हुने महिला फिफा विश्वकप आयोजनाका लागि चार दाबी परेको छ ।

फिफाले २०२७ को विश्वकपका लागि चार वटा दाबी पेश भएको जनाएको छ । अनुसार ब्राजिल र दक्षिण अफ्रिकाले दाबी पेश गरेको छ ।

त्यस्तै बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त आयोजनाका लागि दाबी गरेको छ ।अमेरिका र मेक्सिकोले समेत संयुक्त आयोजनाका लागि दाबी गरेको छ।

फिफाले २०२४ को मे १७ मा आयोजना हुने फिफा कंग्रेसबाट आयोजक छनोट गर्नेछ ।२०२३ को महिला विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त आयोजना हुँदैछ । प्रतियोगिता आगामी २० जुलाई देखि २० अगस्टसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस