वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ : पर्यटन मन्त्री किराँती

वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ : पर्यटन मन्त्री किराँती

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तालुकदार मन्त्रीले करोडमा रुपैयाँ उठाएपछि कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भएको बताएका छन्।

बिहीबार नेपाल वायु सेवा नीगमको वार्षिक समीक्षा बैठकमा बोल्दै मन्त्री किरातीले तालुकदार मन्त्रीले करोडमा रुपैयाँ उठाएपछि कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भएको बताएका हुन्।

उनले भने, ‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ। यति भन्दैमा फेरि निगमको कर्मचारीहरू चै चोखो छन् भन्ने हैन। नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यवसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन्।’

मन्त्री किराँतीले आफू वर्ग र जातपात नहेर्ने र कामसँग मात्र आफ्नो सम्बन्ध रहेको बताए। ‘म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो। अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन, एउटा चक्लेट पनि चाहिँदैन। किन कि मलाई मृत्यु थाहा छ। म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुवाँ बन्छु। म मरेपछि पनि सधैँ सबैले सम्झिरहने गरी अजम्बरी हुन चाहन्छु त्यसैले मसँग लोभ छैन। विगत जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिन,’ उनले भने।