एमडी/एमएसको अध्ययन तत्काल सुरु गराउन सम्बन्धित निकायलाई चिकित्सकहरूको ध्यानाकर्षण

एमडी/एमएसको अध्ययन तत्काल सुरु गराउन सम्बन्धित निकायलाई चिकित्सकहरूको ध्यानाकर्षण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिकित्सकहरूको एक समूहले एमडी/एमएसको अध्ययन तत्काल सुरु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालतले एमडी/एमएस को शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रक्रिया प्रस्तुत निवेदनको लिखित परी टुङ्गो नलागेसम्म हाल सञ्चालन नगर्नु, नगराउनु यथास्थितिमा राख्न, राख्न लगाउन सम्बन्धित निकायहरूमा लेखी पठाउनु भनी आदेश दिएपछि अध्ययन सुचारु हुन सकेको छैन ।

सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै आकाङ्क्षी चिकित्सकहरूको एक समूहले गत २२ माघसम्ममा शैक्षिक सत्र सुचारु भइसक्नुपर्नेमा हालसम्म पनि शैक्षिक सत्र सुरु नहुँदा अन्यौलको परिस्थिति उत्पन्न भएको बताएको छ ।

ध्यानाकर्षण पत्रमा चिकित्सा शिक्षा सुधार अभियानलाई थप गिजोलेको मात्र नभई एमडी/एमएस आकाङ्क्षी चिकित्सकहरूमा मानसिक यातना र आर्थिक रुपमा समस्या पर्दै आएको उल्लेख गरिएको छ ।

एमडी/एमएस तह अध्ययन गर्ने भनेको बिरामीको सेवामा प्रत्यक्ष संलग्न भई गरिने तालिम भएकोले बिरामीको सेवा सुविधामा समेत नकारात्मक प्रभाव पारेको हुँदा यसतर्फ सरोकारवाला सचेत हुनुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।