लगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध : नगरप्रमुख साह

लगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध : नगरप्रमुख साह

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास विफल पारेको जनाएका छन् । उनले लेखेका छन्, – ‘काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।’

विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको भन्दै महानगरले निकालेको परिपत्रको विरोधमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकटको अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको थियो।