कोभिड र उपभोक्ता समितिमार्फत भएका कामको फायल खोज्दै अख्तियार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड र उपभोक्ता समितिमार्फत भएका कामको फायल खोज्ने भएको छ ।

अख्तियार स्रोतका अनुसार कोरोनाकालमा भएका खरिद र उपभोक्ता मार्फत भएका कामको फायल खोज्न लागेको हो । अख्तियार प्रमुख प्रेमकुमार राईले आइतबार संसदीय समितिमा उपस्थित भएर उपभोक्ता समितिलाई बिचौलियाको संज्ञा दिएका छन् । उनले उपभोक्ता समितिमार्फत भएका कामलाई कडा निगरानीमा राखिएको संकेत गरेका हुन् ।

कोभिडको समयमा भएको खरिदलाई पनि अख्तियारले कारबाहीको दायरामा ल्याउन खोजेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले कोरोना राहत सामग्री खरिदमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिनलाई तीब्रता दिएको हो । काठमाडौं महानगरपालिका अन्तर्गत उपभोक्ता समितिमार्फत भइसकेका र भइरहेका कामको पनि अख्तियारले चासोमा राखेको छ । यो विषयमा पनि छानबिन गर्ने अख्तियारको तयारी छ ।

अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले कोरोनाको समयमा गरेको राहत सामग्री खरिदको विषयमा अनियमितता भएको उजुरी परेको छ । यो विषयलाई छानबिनको दायरामा ल्याउने अख्तियार स्रोतको भनाइ छ । त्यस्तै उपभोक्ता समितिमार्फत भएका काममा समेत अनियमितता भएको उजुरी परेपछि अख्तियार तातेको छ ।swasthua live

प्रतिक्रिया दिनुहोस