डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्डबाट सम्मानित


काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्ड २०२३ मार्फत सम्मानित भएका छन् । इन्टरनेट सेवा प्रदायक विधामा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले बताएको छ । रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्त्वपूर्ण उपलब्धि हाँसिल गर्न समेत सफल भएको कम्पनीको भनाइ छ ।

फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ, डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको छ । यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्नको लागि सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता समेत कम्पनीले पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस