वसन्त योगीको ‘कल्ले खायो दर’ सार्वजनिक


काठमाडौं, भदौ १२ गते । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । योगीकाे शब्द संयोजना रहेकाे यस गीतमा लोकप्रिय गायिका अन्नु चौधरीले स्वर भर्नुभएको छ ।

गीतमा सङ्गीत संयोजन पुस्कर सुनुवारको छ । गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्णाकुमारी महतको नृत्य छ । प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियोमा पूर्ण प्याकेज देखिन्छ ।

गाउँबस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शब्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताउनुभयो । गीत र म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको निर्माताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस