एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट बिच सम्झौता


काठमाडाैं। एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीका सदस्यहरूले समेत सो छुट पाउँने छन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य के।सीको उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस