दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा भएका घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्य दूतावासमा महावाणिज्य दूत छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि पहिलो नम्बरमा दिनेशकुमार घिमिरे, दोस्रो नम्बरमा राधिका अर्याल र तेस्रो नम्बरमा चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस