सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तनका लागि समाजवादी मोर्चा आवश्यक परेको बताएका छन् ।

आज (मंगलबार) समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले दलाल पूजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्यका लागि मोर्चा गठन भएको स्पष्ट पारे । नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाई गर्ने नेता नेपालको भनाई छ ।

समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका नेता नेपालले जनताको जीवन रुपान्तरण नगरी अधिकारको आवाज उठाएर मात्रै सार्थक नहुने बताए । सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने मोर्चामा सहमति भएको उल्लेख गर्दै उनले मोर्चाले जनताका पीडा र भावनाको अगुवाई गर्ने बताए ।

उनले एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताए । उनले संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने बताए । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै नेता नेपालले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस