राजर्षी गुरुकूल र काठमाडौं वर्ल्ड स्कुलले जित्यो आरजी अन्तर स्कुल फुटसलको उपाधि


काठमाडौं । आयोजक राजर्षी गुरुकूल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । राजर्षी गुरुकूल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।

सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा आज (मंगलबार) सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकूलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गर्‍यो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षी गुरुकूलले खेल जितेको हो ।राजर्षी गुरुकूलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

यस्तै गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २–१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौं वर्ल्ड स्कुलले बाजी मार्‍यो । काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।

प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षी गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षी गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पयो ।

यस्तै, गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भईन् । च्याम्पियन काठमाडौं वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो ।

राजर्षी गुरुकूलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कूल २७ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस