गुल्सन झा एसिया कपमा हेर्न लायक ६ खेलाडी छानिए


काठमाडौं । एसिया कप २०२३ औपचारिक रुपमा भोलिबाट सुरु हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले भोलि घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको खेलबाटै नेपालले एसिया कपमा डेब्यु गर्दैछ ।

एसिया कपकबो पूर्वसन्ध्यामा आइसीसीले नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा हेर्न लायक खेलाडिको सूचीमा परेको उल्लेख गरेको छ ।

एसिया कप खेल्न लागेका ६ देशका ६ खेलाडीको सूचीमा आईसीसीले नेपालबाट गुल्सनलाई समावेश गरेको छ । बलिङ अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्याटबाट पनि जादुमयी प्रदर्शन गर्दै आएका छन् ।

आईसीसीले पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसानालाई एसिया कपमा हेर्न लायक खेलाडीको सूचीमा समावेश गरेको हो ।

गुल्सन ओडीआईको अलराउण्डर वरीयतामा १०५औं स्थानमा छन् ।
१७ वर्षीय गुल्सनले आईसीसी क्रिकेट विश्वकप क्वालिफायरमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यसैले आईसीसीले मुख्य प्रतियोगितामा गुल्सनलाई कमजोर आँक्न नहुने उल्लेख गरेको छ । गुल्सनको प्राकृतिक गेम भनेको अट्याकिङ खेल्नु हो ।

प्रतिक्रिया दिनुहोस