पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न अदालतकोआदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न अदालतकोआदेश

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उहाँलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।

मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामवादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । सत्तरी वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उहाँका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए । रासस/एएनआई