एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड काठमाडौंमा


काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुग्नुभएको छ ।

बुधबार(भोलि)बाट नेपालमा ऊर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदै छ ।

सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ ।

यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस