सुन प्रकरणको अनुसन्धान गर्न सीआईबीका प्रतिनिधी हङकङ जाँदै


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको क्विन्टल सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।सीआईबी स्रोतले दिएको जानकारी अनुसार सुन प्रकरणको विस्तृत अनुसन्धान गर्न एक जना उच्च अधिकृतललाई हङकङ पठाउन लागिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेको स्रोतले जानकारी दियो । हङकङबाटै तस्करी गरेर ल्याएको ब्रेक सुसहित क्विन्टल बढी सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन गालेपछी ६० किलो ७ सय १६ ग्राम ठहरेको थियो ।

विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । तस्करीबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले सिआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

सिआइबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो । सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस