एनएमबि बैंकको डिजी स्टेसन सञ्चालनमा

एनएमबि बैंकको डिजी स्टेसन सञ्चालनमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेशन’ को सुरुवात गरेको छ । ‘डिजी स्टेसन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ ।

डिजी स्टेसनको सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । बैंकले प्रथम चरणको डिजि स्टेशनको सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले रु १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ। साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नयाँ चेकको आवेदन र क्लियारिङ चेक समेत डिपोजिट गर्ने सुविधा रहेको छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजी स्टेसनमा एटीमएम मेसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ आवश्यकताहरू स्वचालित ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ।