कामना सेवा विकास बैंकद्वारा विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता

कामना सेवा विकास बैंकद्वारा विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एक सम्झौता गरेको छ । बैंकले नेभ नेपालसँग उक्त सम्झौता गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभका तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात नेभका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।