मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गामा


पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा, पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मुक्तिनाथ विकास बैङ्कका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैङ्कका संस्थापक शेयरधनी नवीन ढकालले संयुक्त रूपमा गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल, सहायक प्रदेश प्रमुख शङ्कर केसी तथा मुक्तिनाथ विकास बैङ्कका विभिन्न शाखा प्रबन्धकहरूका साथै बैङ्कका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

क्यापिटलले उक्त शाखाको संचालनसँगै चिप्लेढुङ्गा, पोखरामा आउने ग्राहकहरुको लागि आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता नवीकरण २५ प्रतिशत छुट गरी मात्र रु.१ हजार ४९९ मा र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत सम्म छुटको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस