युरोपा लिग फुटबल : लिभरपुलको सहज जित


काठमाडौं । युरोपा लिग फुटबलमा लिभरपुलले शानदार सुरुआत निकालेको छ । बिहीबार राति समूह इमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३–१ को सहज जित निकालेको हो ।

पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो ।खेलको ५६ औं मिनेटमा डर्विन नुनेजले पेनाल्टीमार्फत लिभरपुललाई खेलमा फर्काएका थिए । लुइस डियाजले ६३ औं मिनेटमा लिभरपुललाई अघि बढाए ।

खेल सकिन दुई मिनेट बाँकी छदा मोहमद सलाहले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।खेलमा अग्रता घरेलु टोलीले १४ औं मिनेटमा फ्लोरियन फ्लिकरको गोलबाट लिएको थियो ।

प्रशिक्षक योर्गेन क्लोपले पछिल्लो खेलमा उल्भ्सविरुद्ध उतारेका खेलाडीमा ११ जनालाई परिवर्तन गरेका थिए । क्लोप लिभरपुलका लागि युरोपा लिगको ५० खेल जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।समूह इमा लिभरपुलले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस