अराजकतालाई पराजित गरेरै छाड्छौं : क्षितिज थेबे


काठमाडौं, २७ असोज । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले युवा संघले नेपालको राजनीतिलाई नयाँ दिशामा लैजानेगरि आफ्नो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘आज युवा संघले नेपालको अबको राजनीतिलाई, यसको ट्रेण्ड र आन्दोलनलाई नयाँ बाटोबाट अगाडि बढाउनुपर्छ भनेर एउटा अभियान र आन्दोलनको नेतृत्व गरिरहेको छ । राजनीतिलाई वैज्ञानिक बनाउनुपर्छ, हाम्रा गतिविधि रचनात्मक र सिर्जनात्मक हुनुपर्छ भनेर लागिपरेको छ । अहिलेको राजनीतिलाई बदल्नुपर्छ र नयाँ नेपालको निर्माण गर्नुपर्छ भनेर युवा संघ अघि बढिरहेको छ ।’

नेपाली जनताको ठूलो त्याग र बलिदानको कारण देशले नयाँ संविधान पाएको स्मरण गराउँदै अध्यक्ष थेबेले अब जनतालाई परिवर्तनको आभाष दिलाउन आफूहरु लागिपरेको विश्वास दिलाए ।

उनले भने,‘देशले नयाँ संविधान पाएको छ । संविधान कार्यान्वयन हुँदै यो अवस्थामा आईपुग्दा, गणतन्त्र आईसकेपछि नेपाली जनताले अनुभूति गर्ने कुरा फरक हुनुपर्छ कि पर्दैन् ? जनताले आमूल परिवर्तनको अनुभूति गर्न पाएका छैनन् कि भन्ने हामीलाई लागेको छ, यही सन्दर्भमा हामीले नयाँ शिराबाट आन्दोलन अघि बढाउन लागिरहेका छौं । युवा संघ नेपाल अहिले विशिष्ट अभियानमा छ । हामी अहिले ‘मिसन नेक्सट इलेक्शन, टार्गेट न्यू जेनेरशन’मा छौं । अभियानकै क्रममा हामीले देशभरि संघको प्रदेश, जिल्ला र नगर अधिवेशन गरेका छौं । संगठन निर्माणमा युवा संघ नयाँ उचाईका साथ अघि बढिरहेको छ । संगठनको मूल मन्त्र नै सामाजिक न्याय हो । यसलाई ध्यानमा दिईएको छ ।’

उनले नेपालको लोकतन्त्र, संविधान, आन्दोलनको बलामा प्राप्त विभिन्न उपलब्धिको रक्षा, नयाँ नेपालको निर्माण र अर्थतन्त्र सुदृढीकरणको लागि युवा संघले आफूलाई अग्रभागमा राखेको स्पष्ट पारे । उनले भने,‘समाजवादको यात्रालाई अघि बढाउनको लागि हाम्रो संगठनले विभिन्न आरोह–अवरोह पार गरेको छ । विभिन्न बाधा अड्चनलाई सम्याउँदै युवा संघ अघि बढिरहेको छ । देशमा एमाले विकल्पको शक्ति हो । देशकै मियो शक्तिको रुपमा उभिएको छ । उपलब्धि रक्षाको लागि सधैं सत्तिशालझैं उभिएको छ । हामी अराजकता र भ्रष्टाचारको विरुद्धमा उभिएका छौं । अराजकतालाई पराजित गरेरै छाड्छौं । समाजमा अहिले नकारात्मक कुरा हाबी भएको छ । यो दुःखद् अवस्था हो । राष्ट्र, राष्ट्रियता र सुशासनको पक्षमा एक हुनुपर्छ ।’

उनले शान्तिपूर्ण राजनीतकि यात्रा र अभियानमा अवरोध हुन्छ भने आफूहरुलाई सह्य नहुने चेतावनी दिए । उनले भने,‘हाम गाडीहरु तोडिन्छ र फोडिन्छ भने, झापाको अर्जुनधारामा कार्यक्रम थियो । हामी संयमतताका साथ गएका थियौं । हामी थोरै हिँड्दा पनि ५÷६ सयको संख्या हुन्छ । हामी कार्यक्रमस्थल गयौं । कार्यक्रम राम्रो भयो । हामी एयरपोर्ट फर्कियौं । आज पहिचानको नाममा अराजकता गर्नेहरु र दुर्गा प्रसाईको अस्पतालको चमेना गृह चलाउनेले गाडी तोडफोड गरेको भन्ने सुन्नमा आएको छ ।’

उनले आफूहरुले संगठनको अधिवेशन शान्तिपूर्ण रुपमा गर्दा कसरी अपराध भयो ? भन्दै प्रश्न गरे । उनले भने,‘हाम्रो सोच र जाँगरलाई आरोप लगाउने गरिन्छ । हाम्रो संगठनले समाजमा अवसरवादीलाई हाबी हुन दिँदैन् । माफीयाको विरुद्धमा हुन्छ । दुर्गा प्रसाईको होटलको कार्यक्रममा हाम्रा युवा संघका साथीहरु पनि जानुभएको रहेछ, नेपालका होनाहार युवाहरुले कालोमोसो दले । जसले दलेपनि हामी धन्यवाद दिन्छौं ।’

उनले गणतन्त्रको लागि धेरै व्यक्तिहरु सहिद भएको उल्लेख गर्दै अहिले राजतन्त्र फेरि फर्काउँछौं भन्न पाईन्छ ? भन्दै प्रश्न गरे । उनले भने,‘विखण्डनकारी कुरा गर्नेलाई हाम्रा युवाले सहँदैनन् । कालो मोसो पनि आँफै दलेको हो भन्ने कुरा आएको छ । देशमा भएका सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र अनियमिताको विरुद्धमा युवा संघ अघि बढ्छ । युवाहरुको हकहित उठाउन सक्ने एकमात्र संगठन भनेको युवा संघ हो । एमाले राजनीतिको मियोमा छ । एमालेले कोशीमा विकल्प दियो । अहिले समाधान भयो ।’

प्रतिक्रिया दिनुहोस