सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जी


काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२५ ५जी लिएर आएको छ । यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गर्दछ ।

यस फोनको अगाडी पट्टि १३ एमपीको सेल्फी क्यामराजडित छ भने पछाडी ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई स्थीर, धमिलोरहित फोटो र भिडियोहरु खिच्न सहयोग गर्ने कम्पनीले बताएको छ । यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ भनें यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ ५जीसँग सामसङ नक्स भल्टकोे साथ छ, जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन ।

ग्यालेक्सी ए २५ ५जीको ५ हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सकिनेछ ।

ग्यालेक्सी ए२५ ५जि दुई थरीको ८जिबि र्‍याम र १२८–२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरुमा पाइन्छ ।

यो स्मार्टफोन हाल ८÷१२८ जिबिको लागि ने.रु.४०,९९९ र ८÷२५६ जिबिको लागि ने.रु.४४,९९९ बजार मूल्यमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस